
काठमाडौँ, २३ पुस । आईजीपीको फूली लगाएपछि पहिलोपटक सशस्त्र प्रहरीका कायममुकाय महानिरीक्षक दुर्जकुमार राई नेपाल प्रहरीको हेडक्वाटर नक्साल पुगेका छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई लगायत दुबै संगठनका उच्च पदस्थ अधिकृतहरुबीच बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा सदभावना भेटघाट सम्पन्न भएको छ ।

भेटघाटका अवसरमा प्रहरी महानिरीक्षक अर्याल र कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक राईले दुई संगठनबीच आगामी दिनमा व्यावसायिक र भातृत्वको सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
संगठन फरक भए पनि साझा लक्ष्य प्राप्तीका लागि आपसी सहयोग र सहकार्य हुने कुरामा उहाँहरुले प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरु तथा नायव महानिरीक्षकहरु लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया