– सुदिप निउरे
क्वालालामपुर । मलेसियामा बिभिन्न मुलुकका गरि करीब ४० हजार अबैधानिक कामदारले सुरक्षा गार्डको काम गरीरहेको यहांका संचारमाध्यमहरुले खबर छापेका छन् ।
सरकारको अनुमति बिपरीत कतिपय कम्पनिहरुले अबैधानिक कामदारलाई सुरक्षा गार्डमा सामेल गरेको सेक्युरिटी सर्भिस एसोसियसन अफ मलेसियाका अध्यक्षका दातुक श्री मुस्तपालाई उध्रित गर्दै यहां अधिकांश पत्रपत्रिकाले खबर प्रकाशित गरेका छन् ।
बंगलादेश, पाकीस्तान, भारत लगाएत नेपाली अबैधानिक कामदार सुरक्षा गार्डमा सामेल रहेको एसोसियसनका अध्यक्ष मुस्तपाले बताएका छन् । कुन देशका कती जना अबैधानिक तरिकाबाट सुरक्षागार्डको काम गरिएका छन भन्ने प्रष्ट पारीएको छैन् । मलेसियाको गृह मन्त्रालयले बिदेशी कामदारमध्य नेपालीलाई मात्र सुरक्षा गार्डको लागी अनुमती दिएको छ ।
मलेसिया सरकारसंग एक लाख ६८ हजार स्थानिय र २८ हजार नेपाली सुरक्षा गार्डको आधीकारीक तथ्यांक छ ।
कुल एक लाख ९६ हजार बाहेकका अन्य ४० हजार अबैधानिक सुरक्षागार्ड नियन्त्रण गर्न प्रहरी,अध्यागमन बिभाग र एसोसियसनको एक कार्यदल समेत गठन भएको छ ।















प्रतिक्रिया