सप्तरी, २२ पुस । सप्तरीको राजविराजस्थित कारागारमा रहेका एक कैदीको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका–८ निवासी ५५ वर्षीय अशोककुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।
कैदी गुप्ता राति अचानक बेहोस भएपछि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि उपचारकै क्रममा मृत्यु भएको कारागारका जेलर कृष्णप्रसाद दाहालले बताउनुभयो । उनको मृत्युको कारण खुल्न नसकेको बताइएको छ ।
गत जेठ २७ गते गुप्तालाई जिल्ला अदालतले चोरी मुद्दामा एक वर्षको कैद र रु एक हजार ८२३ जरिवाना गरी राजविराज कारागारको थुनामा पठाइएको थियो । रासस












प्रतिक्रिया