३१ आश्विन २०८३, शनिबार

बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन प्रचण्डको करोडौँको अफर मानिनन् सावित्री श्रेष्ठले !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sabitri-shrestha

– सावित्री श्रेष्ठ

एक जना माओवादी आइपुग्यो । ‘तपाईँले कति पैसा माग्नुहुन्छ ? पार्टीले दिन्छ । यस मुद्दाले पार्टीको बेइज्जत भएको छ । मुद्दा फिर्ता लिइदिनुपर्‍यो ।’ उसले लोभ देखायो । ‘म पनि करोडौँ पैसा दिन्छु । तैंले मेरो दाजुभाइ दिन सक्छस्’, म पनि कड्किएँ । चर्काचर्की पर्‍यो । तँ तँ– म म भयो । ‘प्रचण्ड र बाबुरामले गोप्यरूपमा भेट्न खोजेका छन्, आफ्नो दुःख भन्नुस उहाँहरूलाई ।’ शान्त हुँदै उसले प्रचण्ड र बाबुरामलाई पनि भेट्न सुझायो ।