१३ कार्तिक २०८३, शुक्रबार

ढल्केवरमा ट्रकमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

truck

महेन्द्रनगर (धनुषा), २३ पुस । धनुषाको ढल्केवरमा आन्दोलनकारीले गएराति एक ट्रकमा आगजनी गरेका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारीअनुसार गएराति १२ बजेतिर ढल्केवर–जनकपुर राजमार्गको मिथिला नगरपालिका वडा नं ५ ढल्केवर स्थित वायर फ्याक्ट्री अगाडिको सडकखण्डमा ना२ख ६९७७ नंको एक मालबाहक ट्रकमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

इप्रका ढल्केवरका प्रमुख प्रहरी निरीक्षक सागरविक्रम राणाका अनुसार उखु खेतमा लुकीछिपी बसेका छ–सातजनाको समूहमा रहेका आन्दोलनकारीले जनकपुरबाट महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर मिलका लागि भुस लगिरहेको ट्रकमा ढुङ्गा प्रहार गरी सिसा फुटाएको थियो । ट्रकको अगाडिको सिसा फुटेर अनियन्त्रित भएको ट्रक चालकले रोकेपछि पेट्रोल छर्केर आगो लगाई उनीहरु फरार भएका थिए ।

आगजनीले ट्रक जलेर क्षतिग्रस्त भएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रनि राणाले जनाउनुभयो । रासस