कपिलवस्तु, २३ पुस । कपिलवस्तुमा एक दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन् ।
दोहनी–९ भग्वानपुर बस्ने २२ बर्षीय राजु यादव र उनको २० बर्षीया श्रीमती अन्जानी यादव झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
उनीहरुलाई बुधबार घरदेखि १ कि.मि. टाढा आँपको रुखमा गम्छाको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया