२३ कार्तिक २०८३, सोमबार

प्रमुख तीन दल र मोर्चाको कार्यदलबीच दोस्रो वार्ताः ११ बुँदेमा सकारात्मक छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-Aacharya

– विमल योगी
काठमाडौं, २३ पुस । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाका कार्यदलबीच विहीबार विहान वार्ता भएको छ ।

सिंहदरबारमा विहान भएको दोस्रो वार्तामा मोर्चाले राखेको ११ बुँदे मागमा बुँदागत छलफल भएको संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष तथा कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- पहिलो पटक हाम्रो ११ बुँदे मागमा बुँदागत रुपमा छलफल भएको छ । यसलाई सकारात्मक नै भन्नुपर्छ । थप छलफल गरी निष्कर्षमा पुग्छौं ।’

उहाँका अनुसार कार्यदलबीच आजै अर्काे वार्ता हुनेछ । उहाँले संविधान संशोधन विधेयक मिलाउने जिम्मा कांग्रेस, एमाले र एमाओवादी भएकाले आफूहरुका ११ बुँदे माग समेटिनुपर्ने बताउनुभयो ।