६ कार्तिक २०८३, शुक्रबार

शान्ति मन्त्रालयलाई क्रिश्चियनको अड्डा बनाउँदै मन्त्री ढकाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eak Nath Dhakalकाठमाडौं, २३ पुस । शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकालले आफ्नो जिम्मेवारी र पदीय मर्यादा भुलेर विभिन्न गतिविधि गर्दै आएको तथ्य सार्वजनिक भएको छ ।

उनले शान्ति मन्त्रालयमा रहेको आफ्नो कार्यकक्षमा विभिन्न धार्मिक गुरुहरुलाई बोलाएर धर्मसम्बन्धी गतिविधि गर्ने गरेको तथ्य खुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

कोरियाका क्रिश्चियन धर्म निकट एक धर्म गुरुसँग रकम लिएर नेपाल परिवार दल गठन गरि राजनीतिक र धार्मिक गतिविधि गर्दै आएका ढकालले मंगलबार आफ्नै कार्यकक्षमा धर्मगुरुहरुलाई बोलाएर आपत्तिजनक गतिविधि गरेका हुन् । उनको यो कार्यको मन्त्रालयभित्रै बिरोध भएको छ ।

विभिन्न धर्ममा आस्था राख्ने राष्ट्रसेवक कर्मचारीहरुले मन्त्री ढकालको क्रिश्चियनसम्बन्धी गतिविधिको बिरोध गरेको स्रोतले जनाएको छ ।

धर्मसम्बन्धी गतिविधि र बैठकहरु गर्ने जिम्मेवारी उनको मन्त्रालयको होइन । धर्म र धार्मिक गतिविधि संस्कृति मन्त्रालयले हेर्ने गर्छ । तर शान्ति मन्त्री ढकाललाई किन धर्मसम्बन्धी गतिविधि गर्ने रहर लाग्यो, यो रहस्यको विषय बनेको छ ।

केपी ओली सरकारको पुच्छरमा आएर मन्त्री बनेका ढकालमाथि क्रिश्चियन धर्म नेपालमा बढाउनका लागि विभिन्न देशबाट धर्मका नाममा करोडौं रकम लिने गरेको समेत आरोप लागेको छ ।

ढकालका शंकास्पद गतिविधिको जानकारी गृहमन्त्रालयलाई थाहा छ । तर, उनले राजनीतिक नेताहरुलाई पैसा बुझाएर मन्त्री जस्तो उच्च पदमा पुगेका हुन् ।

नेपाल परिवार दलका दुई सांसद छन् । दुबै सांसद समानुपातिक तर्फबाट आएका हुन् । एउटामा आफै ढकाल सांसद बनेका छन् भने अर्कोमा मिलन राजवंशीलाई बनाएका छन् ।

मन्त्री ढकालले मंगलबार हिन्दु, बौद्ध, मुस्लिम, जैन, किराँत, इशाई, बहाई फेथ, युनिफिकेशन अभियानलगायतका धर्म गुरुवलाई बोलाएका थिए ।

त्यसबेला ढकालले आफ्नो धर्म प्रचार अभियानका विषयमा जानकारी गराएको स्रोतले जनाएको छ । पाँच करोड रुपियाँ एमालेलाई बुझाएर मन्त्री बनेको आरोप खेप्दै आएका ढकाल अघिल्लो पटक माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला पनि मन्त्री बनेका थिए ।