६ कार्तिक २०८३, शुक्रबार

अपरहण मुद्दामा पक्राउ परेका ‘हिरो’ सेटिङमा छुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raj Ghimireललितपुर, २३ पुस । अपहरण तथा शरीर बन्धक गरेको अभियोगमा पक्राउ परेका नायक राज घिमिरे पक्राउ परेको दुई सातामै छुटेका छन् ।

घिमिरेलाई महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरीबाट पक्राउ गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

गोदावरीका कुमार सिलबाललाई घिमिरेले अपहरण गरी गोदावरीकै एक होटलमा बन्धक बनाई कुुटपिट गरेको जाहेरी परेपछि अनुसन्धानको लागि घिमिरेलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि महानगरिय प्रहरी परिसर ललिपुरका एसएसपी पिताम्बर घिमिरेले लेनदेनको बिषयलाई लिएर घिमिरेले सिलवाललाई घरबाटै अपहरण गरी गोदावरीको बिभिन्न होटलमा राखी कुटपिटसम्म गरेर गुण्डागर्दीको सीमा समेत नाघेको बताएका थिए ।

तर, प्रहरी र सरकारी वकिलले नै मुद्दा कमजोर बनाएर अदालतमा पेश गरेपछि घिमिरे अपहरण मुद्दामा एक लाख धरौटीमा छुटेका हुन् ।

स्रोतका अनुसार परिसरलाई गृहमन्त्री शक्ति बस्नेतका एक आफन्तले दबाब दिएपछि पीडित सिलवालसँग मिलापत्र समेत गराएर मुद्दा कमजोर बनाईएको थियो ।

नायक घिमिरले एमाओवादीका केही नेताकोे आडमा गोदावरी क्षेत्रमा गुण्डागर्दी गर्दै आएका छन् । एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बर्षामान पुनलगायतका नेताहरुसँग फोटो खिचाएर घिमिरेले उनीहरु निकट भएको देखाउँदै समाजिक सञ्जाल फेसबुकमा फोटोसमेत अपलोड गर्दै आएका छन् ।

स्रोतका अनुसार घिमिरेले गृहमन्त्री शक्तिबहादुर बस्नेतका सहयोगीको खास ब्यक्ति भएको भ्रम फैलाउँदै ललितपुर क्षेत्रमा गुण्डागर्दी, हप्ता असुली मञ्चाउँदै आएका छन् ।

घर जग्गाका कारोवारीलाई समेत घिमिरेले हप्ता असुली मच्चाएको एक पीडित व्यापारीले बताएका छन ।

राजधानीका कुख्यात गुण्डाका नाईकेसँग समेत घिमिरेको उठबस रहेको उनको फेसबुकमा अपलोड भएको तस्विरहरुबाट पनि पुष्टि हुन्छ ।