काठमाडौं, २३ पुस । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीको बोलीमा जति भारतबिरोधी अभिब्यक्ति झल्कन्छ, व्यवहारमा भने त्यस्तो पाइँदैन ।
कसैको पनि सामू घुँडा नटेक्ने भनेर अभिब्यक्ति दिने कट्टर राष्ट्रबादी देखिने ओलीले अन्ततः प्रधानमन्त्री भएपछि पहिलो बिदेश भ्रमण भारतको नैं गर्ने भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
मुलुकभर भाषण गर्दै हिंड्न रुचाउने ओलीले भारततर्फ लक्षित गर्दै बारम्बार बिरोधी अभिब्यक्ति दिँदै आएका थिए ।
उनले भारतले नाकाबन्दी लगाएमा चीनबाट इन्धन ल्याउने सार्बजनिक अभिब्यक्ति दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिए पनि उनले उपयुक्त समयमा भारत भ्रमण गर्ने जवाफ दिएका थिए ।
तर, ओलीले सञ्चारमाध्यममार्फत भने ‘मोदीलाई नेपालमाथि लगाईएको नाकाबन्दी नखुलाएसम्म भारतको भ्रमण गर्ने भनी जवाफ दिएको’ भनी प्रचार गरिएको थियो ।
ओलीले भारतले नाकाबन्दी लगाए पनि नेपालीहरु भोक भोकै बस्ने तर कसैको हैकमबाद अघि घुँडा नटेक्ने भन्दै अभिब्यक्ति दिएका थिए ।
उनको यो अभिब्यक्ति दुई साता पनि टिकेन् । चर्का कुरा गरेर ताली पाउन खप्पिस ओली मधेशमा आन्दोलनरत दलहरुलाई चिढ्याउन पनि पछि परेनन् ।
संघियता, गणतन्त्र र धर्मनिरपेक्षताको कट्टरबिरोधी दल राप्रपा नेपालका अध्यक्ष समेत रहेका कमल थापालाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाएका ओलीले उनैलाई फन फनी घुमाएको पाइन्छ ।
पहिले केही दिन भित्रै भारतले नाकाबन्दी खोल्छ भनेर प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ देशबासीलाई सन्देश दिएका ओलीले उनै थापाको भरमा त्यस्तो अभिब्यक्ति दिएका थिए ।
तर, भारतले नाकाबन्दी नगरेको र मधेशवादी दलको मागलाई सम्बोधन गरे आफुहरु बाधक नहुने बताएको तीन साता बितिसक्दा पनि ओली सरकारले भारतबाट नाकाबन्दी खुल्ने बिश्वासिलो व्यवहारको संकेत नपाएपछि उनै थापालाई चीन तिर पठाएका थिए ।
एक साताअघि दलबल सहित चीन गएका थापाले ओलीलाई प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणको निम्ता दिन अनुनय बिनय समेत गरे ।
थापाको सोही अनुनयलाई स्वीकार्दै बेइजिङले पनि एक महिनाभित्रै ओलीलाई चीन भ्रमणको निम्ता दियो ।
प्रधानमन्त्री भएपछि पहिलो बिदेश भ्रमण चीनमा गरेर नयाँ दिल्लीलाई ‘चेक’ दिन चाहेका ओलीलाई मोदीको मोबाईल फोनले मोहनी लगाई दिएको छ ।
धेरै कुटनीतिक प्रयासबाट ओलीलाई चीन भ्रमणको वाताबरण बनाईदिएका राप्रपा नेपाका अध्यक्ष एबं उपप्रधानमन्त्री थापा समेत ओलीको अस्थिरताले चिढिएका छन् ।
भारतले नाकाबन्दी अनौपचारिक रुपमा खोलेको तीन साता बितिसक्दा पनि मुलुकभित्रको कालोबजारीलाई ठिक लगाउन नसक्ने ओलीले बिदेशीलाई गालि गरेरै आफु सक्षम भएको प्रमाणीत गर्ने धृष्टता गरिरहेका छन् ।
उनको बोली एउटा र ब्यबहारा अर्को हुने कुरा एक पछि अर्को गर्दै उनले दिएका अभिब्यक्ति र ब्यहारलाई हेर्ने हो भने प्रष्ट हुन्छ ।
चीन जान भनेर खुट्टा उचालिसकेका ओली राता रात भारत भ्रमणको तयारी गरेको देखेर उपप्रधानमन्त्री थापा पनि चिढिएका हुन् ।
ओलीले एक महिना भित्रै भारतको भ्रमण गर्ने योजना रहेको थापाले बुधबार दिएको अभिब्यक्तिबाट समेत प्रस्ट हु्न्छ ।
ओलीले मन्त्रीपरिषद्को मंगलबार राखेको बैठकमा भूकम्पबाट प्रभावित परामर्श परिषदमा समेत उपप्रधानमन्त्रीद्वय थापा र विजयकुमार गच्छेदार समेत बस्न चाहेनन् ।
भारतको पहिलो भ्रमण गरेर भारतसँग बिश्वाशिलो सम्बन्ध बनाएर नैं सत्ताको जग बलिया बनाउन चाहन्छन् ।
पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकारलाई समेत भारतबिरोधी भएको भन्दै आफुलाई भारतसमर्थित देखाउन ओलीले नेपालस्थित भारतीय राजदूतसँग बारम्बार भेट समेत गरेका थिए ।















प्रतिक्रिया