१३ कार्तिक २०८३, शुक्रबार

नेपाल सरकारले किन गर्‍यो इरानको आलोचना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singdarbar-Foreign-Ministry-Nepal

काठमाडौँ, २२ पुस । सरकारले इरानस्थित साउदी अरेबियाको कूटनीतिक नियोगमा हालै गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी तेहरानस्थित साउदी अरेबियाको राजदूतावासमा हालै भएको आक्रमणको भत्र्सना गरेको हो ।

साउदी अरेबियाले एक जना सिया धर्म गुरुलाई फाँसी चढाएपछि इरानमा रहेको साउदीको दूतावासमा इरानका जनताले आक्रमण गरेको थियो । जसलाई इरानी सुरक्षा अधिकारीले रोकेनन् अर्थात सुरक्षा दिएनन् ।

त्यसैकारण साउदी अरेबियाले इरानसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेको छ ।

“संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तअनुसार राष्ट्र–राष्ट्रबीचका विवादको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता छ”- परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर इरानको आलोभना गरेको छ । रासस