१३ कार्तिक २०८३, शुक्रबार

चन्दा असुलीमा संग्लन विप्लव माओवादीका तीन नेता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chand– नरेन्द्रसिह कार्की
दार्चुला, २२ पुस । जबरजस्ती चन्दा संकलनमा लागेको भन्दै नेकपा माओवादी विप्लव समूहका तीन जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुविरुद्ध बुधबार नै गरी जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । पक्राउ पर्नेहरुमा विप्लव माओवादीका जिल्ला संयोजक राजेन्द्रसिह विष्ट, राष्ट्रिय युवा स्वयंसेवक समितिका जिल्ला संयोजक मानधोज साउद र अखिल क्रान्तिकारीका जिल्ला संयोजक विष्णुराज लेखक रहेका छन् ।

गाविस सचिव, स्थानीय व्यापारी सरकारी कार्यालयहरुमा जबरजस्ती चन्दा अशुली गरि धाकधम्की गरिरहेको गुनासो व्यापक आएपछि तीनै जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट चन्दा संकलनमा प्रयोग गरिएको चन्दा ठेली, रकम हिसाब गरिएका डायरी, लगायतका कागजात उनीहरुबाट जफत गरेको प्रहरी स्रोतले जनाएको छ ।

तीनै जना विरुद्ध बुधबार जिल्ला अदालतमा चन्दा ऐन २०३० अनुसार मुद्धा दर्ता भएको छ । सो ऐन अन्तरगत २ वर्ष कैद २ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । एक महिना देखि उनीहरुले ग्रामीण भेगमा चन्दा अशुली व्यापक गरिरहेको प्रहरी कहाँ निवेदन परेको थियो ।

पक्राउ परेका विष्ट लटिनाथ ८ का स्थानीय बासी हुन् । त्यस्तै साउद ग्वानी ८ का स्थानीय हुन भने लेखक गोकुलेश्वर ५ का स्थानीय बासी हुन् । तीनै जनाले पार्टी सञ्चालनको लागि चन्दा संकलन गरेको बताएका छन् ।