
काठमाडौं, २२ पुस । सभामुख ओनसरी घर्ती र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थाइल्याण्डमा उपचाररत एमाओवादी सचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’लाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार विहान नेपालबाट थाइल्याण्ड प्रस्थान गरेका सभामुख घर्ती र प्रचण्डले बैंककस्थित समितिवेज अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उपचारमा संलग्न चिकित्सकहरुले वर्षमानको स्वास्थ्यमा सुधार आइरहेको जानकारी गराएका छन् । प्रचण्डले विहीबार अस्पतालका चिकित्सकहरुको टोलीसँग छलफलसमेत गर्ने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसअघि वर्षमानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याएर थाइल्याण्ड लगिएको हो ।













प्रतिक्रिया