२३ कार्तिक २०८३, सोमबार

देउवाको ‘भतेर’ खान सुशील ‘कोटरी’का को–को पुगे ? (नाम र फोटोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Deubaकाठमाडौं, २२ पुस । नेपाली कांग्रेसको १३औँ महाधिवेशन नजिकिँदै गर्दा नेता तथा कार्यकर्ता आ–आफ्नो पक्षमा तान्ने होडबाजी नै चलेको छ । विशेष गरेर केन्द्रीय तहमा नेताहरूलाई आ–आफ्नो पक्षमा बनाउन विभिन्न चलखेल भएका हुन् ।

यसै क्रममा कांग्रेसको नेतृत्व हत्याउने होडमा रहेका बरिष्ठ नेता शेरबहादुर देउवाले दुई दर्जन बढी केन्द्रीय सदस्य र पदाधिकारीका साथै भातृ तथा शुभेच्छुक संस्थाका ठूला नेताहरूलाई बोलाएर भात खुवाएका छन् । देउवाको मास र भात खान उल्लेख्य सांसदहरू पनि पुगेका थिए ।

काठमाडौंको भीमसेनगोला नजिकैको कात्तायनी चौकमा रहेको आनन्द पार्टी भेन्यूमा देउवाले मासु र भात खुवाएका हुन् ।

नेता देउवाले आफ्नो कार्यक्रम गर्दा सोही आनन्द पार्टी भेन्यूमा गर्छन् । यो पार्टी भेन्यू तरुण दलका केन्द्रीय सदस्य महेश खरेलको हो । खरेल देउवा निकटका मानिन्छन् ।

नेता देउवाको मासु र भात खान महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, विमलेन्द्र निधी, नरहरि आचार्य, महेश आचार्य, मीनेन्द्र रिजाल, दीपक गिरी, नवीन्द्रराज जोशीलगायतका नेताहरू पुगेका थिए ।

त्यसै गरी देउवाको मासु र भात खान विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका नेताहरू पनि पुगेको एक सहभागीले जानकारी दिएका छन् ।

सुशील कोइराला र रामचन्द्र पौडेलले पनि सभापति बन्ने दाउ छापेर बसेका छन् । तर नेता देउवाले उनीहरूलाई उछिनेर आज काठमाडौंमा भव्य पार्टी दिएका हुन् ।

महाधिवेशनमा महामन्त्री सिटौलाले कोइरालालाई भन्दा देउवालाई सहयोग गर्दा आफूलाई फाइदा हुनेभन्दै भित्रभित्रै देउवाको पक्षमा लबिङ् गर्दै हिँडेको आरोप छ ।

Nepali Congress