२३ कार्तिक २०८३, सोमबार

सरकारलाई झुकाउन मधेसी मोर्चाले थप आन्दोलन घोषणा गर्ने, बिहीबार बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta-thakurकाठमाडौं, २२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई थप दबाव दिन भालि बिहीबार पुनः अर्को चरणको आन्दोलन घोषणाको तयारी गरेको छ ।

बिहीबार दिउँसो दुई बजे तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बस्ने मधेसी मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।

‘आन्दोलनलाई झन् शसक्त बनाउन मधेसी मोर्चाको बैठक बिहीबार बस्दैछ’, उहाँले भन्नुभयो, ‘नाकामा धर्ना बस्ने, सडक अबरोध गर्नेलगायतका कार्यक्रमहरू यथावत छन् । सद्भावना पार्टीको कार्यक्रम पनि जारी रहन्छ । मधेसी मोर्चाले थप नयाँ कार्यक्रम सार्वजनिक गर्छ ।’

विगत चार महिनाभन्दा बढी समयदेखि तराई मधेसमा आन्दोलन गर्दै आएको मधेसी मोर्चाले सरकारसँगको वार्ता र आन्दोलनलाई जारी राख्दै आएको छ ।