१३ कार्तिक २०८३, शुक्रबार

राजदूतलाई तत्काल कारबाही गर्न अख्तियारको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, २२ पुस । तोकिएको कार्यकालभन्दा बढी बसी तलब, भत्ता र सुविधामा अनियमितता गर्ने विभिन्न मुलुकस्थित नेपाली दूतावास तथा नियोगमा कार्यरत राजदूत एवम् पदाधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

यस सम्बन्धमा परेको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेखी सरकारलाई हानी नोक्सानी पु¥याएका सम्बन्धमा प्रचलित कानुनबमोजिम त्यस्ता पदाधिकारीबाट नियमानुसार असुल गर्न निर्देशन दिएको हो ।

विदेशस्थित नेपाली राजदूतावास तथा नियोग प्रमुखको अवधि नियुक्ति हुँदा तोकिएको अवधिभन्दा बढी वा केही समय कुनै विशेष परिस्थितिको कारणले थप्नुपर्ने आवश्यक भएमा म्याद थप गर्नुपर्ने कारण र आधार स्पष्ट पार्नसमेत निर्देशन दिइएको आयोगको विज्ञप्तिमा जनाइएको छ । रासस