२३ कार्तिक २०८३, सोमबार

लिपुलेकमा आँखा गाड्ने भारतले नैनिताल, दार्जिलिङ र सिक्किम फिर्ता गर्नुपर्छ: भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-bhattrai (1)

महेन्द्रनगर, २२ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विखण्डन गर्न खोजिएको चर्चा गर्दे नेपाली राष्ट्रियता भनेको नै धोती र टोपी भएको वताएका छन ।

‘युगौदेखि धोती र टोपीबाट नै नेपालको राष्ट्रियता झल्किदै आएको छ’ बुधबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलामा बोल्दै सचिव भट्टराईले भने– ‘अहिले आएर कसैले यी दुईलाई आपसमा लडाउन खोजेर यी लडदैनन् ।’

कार्यक्रर्तालाई आश्वस्त पार्दे नेता भट्टराईले विभिन्न तत्वले धोती र टोपीको विभाजन गर्न खोजेको भएपनि त्यो सफल नहुने बताए । उनले भने– विखण्डनकारी तत्वबाट धोती र टोपी लगाउने नेपाली राष्ट्रियताका दुवै सम्प्रदाय सचेत हुन जरुरी छ ।

नेपाली राष्ट्रियताका सन्द्धर्भमा निक्कै समय खर्चेका भट्टराईले धोती र टोपीवीचको एकता वलियो वनाउन सके नेपाल वलियो हुने चर्चा गरे । युगौदेखिको त्यही एकता वनाउन एमालेले मधेस केन्द्रीत गतिविधीमा तिव्रता दिएको वताए । नेता भट्टराई स्वयम पनि संविधान जारी हुनु अघि र जारी भएपछि मध्य, पूर्व र पश्चिम तराइ मधेसमा लगातार विभिन्न कार्यक्रम भाग लिन गइरहेका छन ।

जात र धर्मका हिसावमा गए भारतवाट पाकिस्तान र पाकिस्तानबाट पनि भाषाका आधारमा वंगलादेश टुक्रिएको स्मरण गर्दे उनले मधेसमा रोपिएको आन्दोलनरुपी वृक्ष विषवृक्ष भएको आरोप पनि लगाए ।
विगतमा आफूहरुले कालापानी मार्च गरेको स्मरण गर्दे नेता भट्टराईले भने नेपाल र भारतका वीचमा पश्चिम उत्तर सीमा लिम्पियाधुरा नै भएकोमा एमाले मात्र होइन देश नै स्पष्ट छ । दुई देशवीच केही भू–भाग आदान प्रदान गर्न सकिने अन्र्तराष्ट्रिय अनुभव रहेको चर्चा गर्दे अहिले भारतलाई लिपुलेक चाहिएको हो भने हामीलाई त्यसको वदलामा नैनिताल वा दार्जिलिङ, सिक्किम जो दिएपनि हुन्छ उनले भने ।

उनले चीन र भारतवीच लिपुलेकलाई व्यापारिक मार्गका रुपमा विकसित गर्ने समझदारी भएको जानकारी आउने वित्तिकै एमालेले विभिन्न तहवाट लिपुलेक नेपालको भएको र त्यसको प्रयोग गर्दा नेपालको सहमति अनिवार्य रहने दावी गर्दे आएको पनि स्मरण गराए ।

एमालेको प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नाकावन्दीलाई अवसरका रुपमा लिएर चीनसंग विविध विषयमा सम्झौता गरेर भुपरिवेष्ठित राष्ट्रले पाउने सुविधा भारतबाट मात्र होइन चीनबाट पनि लिनुपर्नेमा सरकारले ध्यान पुगाउनु पर्ने वताए । उनले चीनसंग विप्पा सम्झौता हुन थालेको जानकारी पनि कार्यकर्तालाई गराएका थिए ।

जन चाहना धेरै मन्त्रालय र अलमल होइन चुस्त दुरुस्त र द्रत गतिको सरकार हो कार्यकर्तालाई निराश नहुन संकेत गर्दे उनले भने नेपाली कांग्रेसले भद्र सहमति तोडेकोले सोचे जस्तो गरेर मन्त्री मण्डल गठन गर्न र काम गर्न सरकारले सकेको छैन । उनले प्रदेश अनुसारको पार्टी संरचना वनाउन विधान र नीति सम्मेलन एमालेले गर्नुपर्ने आवश्यक्ता पनि औल्याए ।

अर्को प्रसंगमा उनले संविधान वारे भारत लगायतका मित्र राष्ट्रमा परेको भ्रम चिर्न नेपाल सफल भएको चर्चा गर्दे मधेस आन्दोलन काठ, पेट्रोल लगायतका तस्करहरुले सञ्चालन गरिरहेको चर्चा गरे ।