१३ कार्तिक २०८३, शुक्रबार

काँग्रेस सरकार गिराउने खेलमा छैन : श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopalman-Shrestha-Congressइलाम, २२ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस इलामद्वारा आज दिउँसो आयोजित कार्यकर्ता भेटमा उहाँले अहिले सरकार गिराउनेभन्दा पनि पार्टीको आफ्नो १३औँ महाधिवेशन कसरी स्वच्छ र सफल बनाउन सकिन्छ भन्नेमा लागेको बताउनुभयो ।

“वर्तमान सरकारलाई गिराउनेभन्दा पनि काँग्रेस महाधिवेशनबाट असल नेतृत्व चयन गर्नेतर्फ लागेको छ, सरकार गिराउने पक्षमा किमार्थ लाग्दैन”– नेता श्रेष्ठले भन्नुभयो ।

उहाँले संविधान विभिन्न धार्मिक समुदायको ग्रन्थ जस्तो अपरिवर्तनीय नभएकाले यसमा छुटेका विषयलाई संशोधनमार्फत समेट्न सकिने विचार पनि व्यक्त गर्नुभयो । रासस