१३ कार्तिक २०८३, शुक्रबार

मधेस आन्दोलन तस्करको हातमाः भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-bhattrai (1)

भीमदत्तनगर, २२ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको बताउनुभएको छ ।

प्रेस चौतारी कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्रिमण्डल जम्बो बनाउनुका साथै मन्त्रालय टुक्रयाउनु सरकारको बाध्यता रहेको बताउनुभयो ।

“हामीले पनि यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थियौँ”– एमालेको प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले भन्नुभयो, “यो आजको निम्ती राम्रो कुरो होइन ।”

संसद्मा बढी सङ्ख्या भएको नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएपछि अन्य विभिन्न दललाई समेटेर सरकार निर्माण गर्नुपर्ने भएपछि मन्त्रिमण्डल ठूलो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

मधेसमा देखिएको असहमतिका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउँदै उहाँले प्रादेशिक सीमाकङ्नको विषय राजनीतिक समिति बनाएर हल गर्नुपर्नेमा जोड दिनुभयो । “अहिलेको सात प्रदेश कुनै हालतमा हेरफेर हुदैन”, उहाँले भन्नुभयो ।

आन्दोलन मधेसी मोर्चाका नेताको हातमा नरहेको बताउँदै उहाँले आन्दोलन सीमामा काठ, इन्धनलगायत तस्करी गर्नेको हातमा रहेको जिकिर गर्नुभयो । “दिनमा सीमामा धर्ना बस्ने, राति तस्करी गर्नेको हातमा आन्दोलन गइसकेको छ”– सचिव भट्टराईले भन्नुभयो– “त्यस्तो प्रवृत्तिमाथि सरकारले नियन्त्रण गर्नुपर्छ ।” रासस