२३ कार्तिक २०८३, सोमबार

संसदमा अर्काे विधेयक पेस, मधेसवादी दलका सांसद जिल्ल परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-Morcha

काठमाडौँ, २२ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ पेस गर्नुभएको छ ।

बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले मन्त्री खरेललाई केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध दलका सांसदहरुको विरोध र नाराबाजीका बीचमा मन्त्री खरेलले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विरोध गर्दापनि संसदमा धमाधम विधेयक पेस भएपछि मधेसवादी दलका सांसद जिल्ल पर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को अर्काे बैठक पुस २९ गते बुधबार दिनको १ बजे बस्नेछ । रासस