३१ आश्विन २०८३, शनिबार

‘मुर्गा हन्टिङमा’ निखिल पनि माहिर, मुम्बई आए देखाइदिने धम्की !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nikhil-upradi

– हरि गजुरेल
काठमाडौं । मुर्गा हन्टिङ चलचित्र क्षेत्रमा नौलो विषय रहेन । फेसवुक र टिवट्रमा चलेको भनि हल्ला गरिएको निखिल उप्रेतीद्धारा निर्देशित ‘भैरव’ को वास्तविकता अर्कै रहेछ ।

उनै निखिलद्धारा चलचित्रका निर्माता समेत रहेका भारतीय मूलका रतन दारुवाललाई हालैका दिनमा मात्र रुँदै रुँदै आफ्नै भूमिमा फर्कन वाध्य पारिएको छ ।

‘दुई जोई’ भित्राएसँगै यहाँबाट पलायन भई मुम्बई भाँसिएका निखिलको भेट त्यहाँ पुगेपछि भारतका निर्माता रतन दारुवालासँग भएको रहेछ । निखिलले आफ्नो वास्तविकता नबताई आफू नेपालको सुपरस्टार भएको फूर्ती मात्र लगाउन भ्याएनन्, नेपाली सिने बजारको बारेमा बढाई चढाई कुरा गर्न भ्याए ।

खासमा, निर्माता दारुवाल हिन्दी भाषामै चलचित्र बनाउन चाहन्थे तर निखिलले कम बजेटमै नेपाली फिल्म बनाउन सक्ने र मालामाल कमाउने आश्वासन देखाएर दारुवाललाई नेपाल भित्राए । दारुवाल भारतीय व्यक्तिलाई नै निर्माता राख्न चाहन्थे । तर, त्यसो गर्दा पैसा खाएको निर्मातालाई थाहा हुने भयले उनले अरु निर्देशक राख्न दिएनन् । निखिल आफैं निर्देशक बने ।

भारतीय चर्चित सिनेमा ‘संघम’ लगायतका केही चलचित्रको अंश कपि गरी÷गरी भैरव फिल्म बन्यो । र निर्मातालाई भनियो, एक करोड २५ लाख खर्च भयो ।

चलचित्र बन्यो र फ्लोरमा गयो । व्यापक चलेको भनि प्रचार प्रसार गरिएको फिल्मको वास्तविकता वुझ्न पर पुग्नै पर्दैन । काठमाडौं उपत्यकामा वितरक गोपाल कायस्थ र उपत्यका वाहिरका वितवरक प्रदीप उदय सम्म पुगे पुग्छ ।

वितवरक गोपालले ३० लाख,र प्रदीप उदयले २५ लाख गरी जम्मा ५५ लगानी गरेका थिए । तर, करोड क्लब नाघेको भनि हल्ला गरिएको फिल्मले अल नेपाल कमाएको पैसा ५४ लाख २५ हजार मात्रै हो । अवस्था यस्तो अयो कि, उल्टै वितरकलाई ७५ हजार तिर्नुपर्ने भयो ।

केही दिन अगाडि मात्रै भारतीय नागरिक दारुवाल गाडीमा डिजेल हाल्ने पैसा समेत नभएसँगै रुदै÷रुदै मुम्बई फर्किएका छन् । र जाँदाजाँदै निखिललाई मुम्बई आए देखाइदिने धम्की समेत दिएपछि निखिलको लागि उताको ढोका सदाका लागि बन्द भएको छ ।