काठमाडौं, २२ पुस । कांग्रेस, एमाले र एमाओवादी तथा मधेसी मार्चाका दोस्रो तहका नेता सम्मिलित छ सदस्यीय कार्यदलको बैठकको तयारी भएको छ ।
राजधानीमा आज बस्ने भनिएको कार्यदलको बैठकले संविधान संशोधनसम्बन्धी विधेयकमा भाषा मिलाउन प्रयास गर्नेछ । संसदमा सैद्धान्तिक छलफलपछि संशोधनका लागि ७२ घण्टाको समय दिइसकिएको छ ।
तर प्रमुख दलहरुले सो विषयमा अत्यन्तै ढिला काम गरेको आरोप छ । विधेयकमा संशोधनको तयारी भए पनि सहमति हुन नसक्दा संयुक्त संशोधन जान सकेको छैन ।
सहमतिमा संशोधन प्रस्ताव जान सकेन भने सरकारले अहिले सदनमा पेश गरेकै विधेयक पारित हुनेछ ।
कार्यदलका सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यदलको बैठक बस्ने सुने पनि अहिलेसम्म स्थान र समयका विषयमा जानकारी नआएको बताउनुभयो ।
उहाँले कार्यदलले मधेसी मोर्चाले उठाएका ११ बुँदामा पनि सहमतिको प्रस्ताव बनाउने दाबी गर्नुभयो ।












प्रतिक्रिया