६ कार्तिक २०८३, शुक्रबार

यहाँ ग्यास छैन, त्यहाँ १ सयभन्दा बढी बुलेट अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Buletकाठमाडौं, २२ पुस । भारतले रक्सौल बजारदेखि ५ किलोमिटर टाढाको खुल्ला क्षेत्रमा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा छन् ।

ती सबै बुलेट काठमाडौं केन्द्रित ग्यास उद्योगका हुन् ।

त्यहाँ रहेका २ सय ८ बुलेटमध्ये ८४ वटा बुलेटलाई नाका परिवर्तन गरी सुनौली भैरहवाबाट ल्याउने निश्चित भइसकेको छ । तर बाँकी रहेका बुलेट नाका नखुलेसम्म आउन सक्ने छैनन् । नयाँ पत्रिका दैनिकमा समाचारमा उल्लेख छ ।

भारतको नाकाबन्दी हुनासाथ रोकिएका ती बुलेटको भारत र नेपाल दुवैपट्टीको भन्सार जाँचपास भइसकेको छ ।

नाकाबन्दीले भारतपट्टी रोकिएका १ सय २४ बुलेटको रक्सौल र वीरगञ्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेकाले अन्य नाकाबाट ल्याउन कठिन भएको आयल निगमले जनाएको छ ।

निगमकै सल्लाहमा उद्योगीले भारत पट्टी रोकिएका बुलेटको हतारमा दुबै तर्फको भन्सार जाँचपास गराइएको थियो ।