३१ आश्विन २०८३, शनिबार

सुन्धाराका पसलबाट ५०० किलो कुहिएको मासु बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

masuकाठमाडौँ, २१ पुस । काठमाडौँ महानगरपालिकाले आज विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ५०० किलोग्राम कुहिएको मासु बरामद गरेको छ ।

महानगरपालिकाले आज गरेको अनुगमनमा काठमाडौँको सुन्धाराका विभिन्न पसलबाट कुहिएको मासु बरामद गरेको हो ।

सो क्षेत्रमा रहेका पसलबाट ५०० किलो दुर्गन्ध आइरहेको खान नमिल्ने खसीको मासु बेच्न राखिएको अवस्थाबाट बरामद गरेको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

प्रमुख श्रेष्ठका अनुसार अनुगमन गर्ने क्रममा महानगरको वडा नम्बर २२ धरहराको पश्चिमपट्टि रहेका टहराबाट मासु बरामद गरिएको हो । बरामद गरिएको मासु फ्रिजको माथिल्लो भागमा ताजा मासुले छोपेर राखिएको थियो ।

यस क्षेत्रमा पाँच मासु पसल छन् । सलामुन अन्सारी र सकिम अन्सारीले सञ्चालन गरेका पाँच पसलमध्ये तीनवटामा कुहिएको अवस्थामा बेच्ने मासु राखिएको थियो ।

अनुगमन टोलीले बरामद गरिएको केही मासु परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालयमा परीक्षणका लागि पठाइएको छ भने बाँकी मासु गाडिएको छ ।

सोही क्रममा अनुगमन टोलीले प्रदर्शन गरेर बेच्न राखिएका सुर्तीजन्य वस्तुलाई भित्र राखेर बेच्न सचेत गराइनुका साथै स्वास्थ्यका लागि हानिकारक भन्ने चित्रअङ्कित नभएका प्याकेट बरामद गर्नुका साथै अबका दिनमा अनुमगन नियमित सञ्चालन गर्ने पनि बताएको छ । रासस