३१ आश्विन २०८३, शनिबार

हामीसँग जलविद्युत्, इन्धन खानी सबै छ, अब भारतको मात्रै भर नपरौं: विजुक्छे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukcheभक्तपुर, २१ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालले भारतसँगको परनिर्भरता त्याग्नुपर्ने बताउनुभएको छ ।

आफूले लेखेको पुस्तक ‘नेपाल भारत सम्बन्ध र भारत’ पुस्तकबारे आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ‘‘जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको विकास एवम् विस्तार तथा देशमै रहेका इन्धन खानीको अन्वेषण एवम् उत्खनन् गर्न सकिएमा भारतसागको निर्भरता कम गर्न सकिनेछ’’ भन्नुभयो ।

कार्यक्रममा सहभागी प्राध्यापक एवम् बुद्धिजीवीले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका बारेमा प्रनेश वाटी, राजन फाँजू, कमिनीका न्याइँच्याइँ, विष्णुप्रसाद किसी र लक्ष्मीप्रसाद कर्माचार्यले चर्चा गर्नुभएको थियो ।

नेपाल–भारत सम्बन्ध, भारत एक अध्ययन, विविध, आजको सन्दर्भ र भातरका केही सान्दर्भिक तथ्याङ्क गरी पुस्तक पाँच खण्डमा विभाजित यो पुस्तक दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करण २०४२ सालमा प्रकाशन भएको थियो भने दोस्रो संस्करण हालै प्रकाशित भएको हो । रासस