
काठमाडौं, २१ पुस । भूकम्पपीडितको त्रिपाल खरिद प्रकरणमा अनियमितता गर्ने सहरी विकास मन्त्रालयका तत्कालिन सचिव अर्जुनकुमार कार्कीसहित पाँच कर्मचारीलाई कारवाही निर्देश जारी गरिएको छ ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेका सचिव कार्कीसहित सहसचिव वासुदेव गुरागाईं, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भू केसी, सीडीई निलमकुमार दंगाल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलालाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि भूकम्प पीडितका लागि खरिद गरिएको त्रिपालमा ११ करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।












प्रतिक्रिया