
काठमाडौं, २१ पुस । मुलुकको पछिल्लो अवस्था र मन्त्रालयहरूका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा भूकम्प पीडितलाई राहत दिने तथा पुनःनिर्माणका विषयमा ठोस निर्णय हुने स्रोतले जनाएको छ ।
भूकम्प पीडितलाई सहयोग नगरेको भन्दै आरोप खेपिरहेको सरकारले सो विषयमा ठोस निर्णय गर्ने तयारी गरेको छ । बैठकमा मन्त्रालयका नियमित विषयले पनि प्रवेश पाउने छन् भने केही राजनीतिक नियुक्ति पनि हुन सक्ने बुझिएको छ ।
त्यसैगरी मन्त्रिपरिषद बैठकमा नाकाबन्दी र तराई मधेसको आन्दोलनलगायतका विषयमा पनि छलफल हुँदैछ । यसअघि सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको थियो ।
यसैबीच सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । सरकारका कामकारवाहीबारे छलफल गर्न बैठक बसिरहेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।















प्रतिक्रिया