२३ कार्तिक २०८३, सोमबार

अहिलेको सरकार जनताको सरकार होः नेता गिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-Rupandehi

– नरेश केसी
भैरहवा, २१ पुस । केपी ओली नेतृत्वको सरकार भनेको जनताको सरकार भएकोले सबै मिलेर सरकारको निर्णयलाई कार्यन्वयन गर्नुपर्नेमा एमाले नेता लिला गिरीले जोड दिएका छन् ।

नेकपा एमाले रुपन्देहीक्षेत्र नम्बर २ क्षेत्रीय परिषदको बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गिरीले भने “यो अहिलेको सरकार भनेको जनताको सरकार हो । जनताको सरकारले गर्न नसकेको काम अन्य सरकारले गर्न सक्तैनन यसैले यो सरकारले गरेको निर्णय र कामलाई सबै मिलेर तल्लोदेखी कार्यन्वयनमा ल्याउनुपर्दछ ।”

नेता गिरीले सरकारले आन्दोलनकारीका माग पनि क्रमशः सम्बोधन गरिसकेकोले दशगजामा बसेर आन्दोलन गर्नुको अब तुक नरहेको पनि जनाए ।

क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा एमाले जिल्ला उपाध्यक्ष शिवराज सुवेदीले जनताको बहुदलीय जनवाद जस्तो उत्कृष्ट सिद्धान्तलाई अंगिकार गर्ने नेकपा एमाले नेतृत्वको सरकारले मुख्यतया जनताको संविधानलाई जनताको जनजिब्रोमा पुराउनुपर्नेमा जोड दिए ।

जिल्ला सचिव तुलसी प्रसाद चौधरीले संयुक्त सरकार भएकोले अपेक्षाकृत काम नभएतापनि सन्तोषजनक रहेकोले सबै मिलेर आलोचनात्मक समर्थन गर्नुपर्नेमा जोड दिए । जिल्ला उपसचिव राजेन्द्र प्रसाद पन्थिले बन्द हड्ताल र नाकाबन्दी जस्तो असाधरण अवस्थामा रहेको बर्तमान सरकारले खुट्टा नकमाईकन जनताप्रति बफादार भएर काम गरेमा नेपाली जनता सधैं साथमा रहने जनाए ।

पार्टीका पूर्व राष्ट्रिय परिषद सदस्य बाबुलाल यादवले मधेसी जनतालाई भड्काएर मधेसबादी भनाउदाहरुले जनताको समर्थन लिन खोजेतापनि नपाएपछि अहिले आत्तिएको जनाए ।

क्षेत्रीय सचिव श्याम बस्यालको सन्चालनमा भैरहवामा सम्पन्न परिषद बैठकमा एमाले नेताहरु हरिप्रसाद अधिकारी, हितराज पन्थि, जिवलाल अर्याल, प्रेम कुमार सेन्चुरी, भरत कुमार पोखरेल, अयोध्यया थारु, कृष्ण प्रसाद नेपाल, पम्फावति खनाल, उमा काफ्ले, डासुराम पाण्डे, विष्णु पन्थि, कन्हैयालाल कसौधन, कपील लामिछाने, डिल्लीराज भट्टाराई, डा. रामप्रसाद बस्याल लगायतको आतिथ्यता रहेको थियो । बैठकले अध्यक्ष पाण्डेको राजनितीक प्रतिवेदन, सचिव श्याम बस्यालको सांगाठानीक प्रतिवेदन र उपाध्यक्ष इन्द्रजीत यादवको आर्थिक प्रतिवेदन संशोधन सहित पास गरेको छ ।

सो अवसरमा नाकाबन्दी तत्काल खुलाउनुपर्ने, राष्ट्रिय महत्वका आयोजना गौतमबुद्ध विमानस्थलको स्तरउन्नती कार्यको निरन्तरता, भैरहवा बुटवल सिक्स लेन सडक निर्माणलाई निरन्तरता र उद्घाटन भएर पनि सन्चालनमा नआएको सेजलाई सन्चालनमा ल्याउन गरेको प्रस्ताव समितीको प्रस्तावालाई पारित गरेको छ । यसैगरी सामाजिक सद्भाव, आपसी भाईचारा अभिवृद्धि गर्दै संविधानको अन्तरवस्तुलाई हरेक जनताले बुझ्नेगरी बुझाउन अभियान चलाउन, दसगजामा बसेर आन्दोलनगर्ने कार्यलाई रोक लगाउन तथा राजनितीक प्रशिक्षणलाई व्यापकता दिदैं अबको राजनितीलाई विकाससंग जोडेर लैजाने प्रस्तावलाई पनि पारित गरेको हो ।

बैठकमा एमाले क्षेत्रीय नेताहरु, नगर गाऊ कमिटीका अध्यक्षहरु तथा क्षेत्रीय प्रतिनिधीगरी सयौं अगुवा नेता कार्यकर्ताका सहभागीता रहेको थियो ।