२३ कार्तिक २०८३, सोमबार

कांग्रेस नेता श्रेष्ठ भन्छन्- संकट समाधानका लागि सबैले सरकारलाई सहयोग गर्नुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopalman-Shrestha-Congressविराटनगर, २१ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मुलुकमा राजनीतिक सङ्कट रहेकाले सबै दल एक जुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चार महिनादेखि नाकाबन्दीको अवस्था र भूकम्पपीडितको समस्यालाई समाधान गर्नुपर्ने समयमा सरकारलाई कमजोर बनाइयो भने मुलुकमा अन्योल छाउने स्पष्ट पार्नुभयो ।

उहाँले संविधानमा सबैको अधिकार सुनिश्चित गरिएको र वैवाहिक अङ्गीकृतलगायत नागरिकता सम्बन्धमा गरिएका व्यवस्थाको विषयमा उत्पन्न भ्रमलाई चिर्न नसकिएको बताउनुभयो ।

संविधान गतिशील दस्तावेज रहेकाले जनताको चाहना भएमा प्रदेशको सङ्ख्यामा बढोत्तरी हुन सक्ने उहाँको भनाइ थियो ।

पार्टीको १३औँ महाधिवेशनलाई वास्तवमै एकताको महाधिवेशन बनाउनुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले गुटबन्दीबाट माथि उठेर सक्षम व्यक्तिलाई उपयुक्त स्थानमा राख्नुपर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । पार्टीको विधान संशोधन भएर उपसभापतिको निर्वाचन भएमा सो पदमा वा महामन्त्रीमा आफू उठ्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । रासस