– झलक पाली
डोटी, २१ पुस । डोटीको डौड र तोलनी गाविसमा गएको साउन २५ गते रातिको अविरल वर्षा र बाढि पहिरोले पु¥याएको क्षतिलाई सामान्य अवस्थामा पु¥याउन नेकपा एमाले डोटीले नेपाल सरकारदेखि जिल्ला विकास समितिसम्म गुहार्ने भएको छ ।
सोमबार सम्मन्न एमाले डोटीको जिल्ला कमिटि सचिवालयको विस्तारित बैठकले डौड–तोलेनी घटनाबारे नेपाल सरकार, सम्बन्धीत विभिन्न मन्त्रालयहरु, डोटीबाट व्यवस्थापिका संसदमा रहेका प्रतिनिधीहरु र जिल्ला विकास समिति डोटीसँग आवश्यक पहल गर्ने निर्णय भएको एमाले डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए ।
सो क्षेत्रमा आएको बाढी पहिरोका क्षती भएका विभिन्न भौतिक संरचनाहरु सिँचाई, सडक, खानेपानी, विद्यालय, झोलुङ्गे पुल, लघु जलविद्युत, खेतियोग्य जमिन आदि बगाएकाले अवस्था सहज बनाउन सबैले भूमिका खेल्नुपर्ने एमाले अध्यक्ष मल्लले बताए ।
उक्त क्षेत्रमा आएको बाढी पहिरोका कारण ६ जना मानिसले ज्यान गुमाउनुका साथै विभिन्न भौतिक संरचनामा अतुलनिय क्षती पुगेको थियो ।
यस अघि पनि एमाले नेता तथा डोटी क्षेत्र नं. २ बाट व्यवस्थापिका सांसद प्रेम आलेमगरको सहयोगमा पाढी पहिरो पीडितका लागि राहत तथा पुनसर््थापना संघर्ष समितिका संयोजक टेक बहादुर सिंह, सम्बन्धीत गाविस सचिव लाल बहादुर बोगटी सहितको टोलीले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालय र प्रमूख दलका नेताहरुसँग पनि सहयोगका लागि भेट गरेका थिए ।
यस्तै गत मंसिर ७ गते सम्पन्न एमाले डोटीको जिल्ला कार्यकर्ता भेला एवं जिल्ला प्रतिनिधी परिषद बैठकको अवसर पारी एकिकृत नेकपा माओवादी डोटीका सह–सचिव देब बहादुर खड्का एमालेमा प्रवेश गरेकोमा खड्काले सपथ समेत खाएका छन् । एमाले डोटीका अध्यक्ष मल्लले खड्कालाई सपथ खुवाएका हुन् ।
खड्कालाई सोहि बैठकबाट एमाले डोटीको जिल्ला कमिटी सचिवालय सदस्यमा जिम्मेवारी दिने निर्णय गरेको एमाले डोटीले जनाएको छ ।















प्रतिक्रिया