काठमाडौं, २१ पुस । बेलायतबाट प्रकाशन हुने ‘द फाइनान्सियल टाइम’को सहप्रकाशन ‘द बैंकर’ले यस वर्ष उत्कृष्ट अर्थमन्त्रीको सम्मान डा रामशरण महतलाई प्रदान गर्ने घोषणा गरेको हो ।
डा महत विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री हुने दक्षिण एसियामै पहिलो व्यक्ति हुन् । यसअघि भारतका प्रणव मुखर्जीले एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट अर्थमन्त्रीको सम्मान पाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
विश्वभरका बैंकर तथा अर्थशास्त्रीबीच सर्वेक्षण गरी द बैंकरले डा। महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरूमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको हो ।
बैंकरले विगत १४ वर्षदेखि उत्कृष्ट अर्थमन्त्री र उत्कृष्ट गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ ।
अर्थतन्त्रमा सुधार र विशेषगरी भूकम्पपछिको पुनर्निर्माणका लागि अर्थमन्त्रीका हैसियतले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गरी स्रोत परिचालन गर्न सफल भएको भन्दै पुरस्कार दिने निर्णय भएको बैंकरले जनाएको छ ।
गत वर्ष यो पुरस्कार ताइवानका अर्थमन्त्री चाङ सेङ फोर्डले प्राप्त गरेका थिए ।















प्रतिक्रिया