काठमाडौं, २१ पुस । संविधान मिचेर दोहोरो सुविधा लिएको विषय अत्यन्तै गम्भीर भएको ठहर गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा विपक्षीलाई झिकाउने निर्णय गरेको छ ।
सावित्री थापा गुरुङले त्रिभुवन विश्वविद्यालयको जागिर नछाडी अख्तियार आयुक्तको नियुक्ति लिएर काम गरिरहेकी छिन् ।
संविधानअनुसार उनले अख्तियारको आयुक्त हुनुअगावै उपप्राध्यापक पदबाट राजीनामा दिनुपर्थ्यो ।
न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सोमबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
संविधानमा यस्तो व्यवस्था
नेपालको संविधान २०७२ को धारा २३८ को उपधारा ६ को उपदफा ८ मा अख्तियारको प्रमुख आयुक्त तथा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुनेछैनन् भनी उल्लेख छ ।
प्रमुख आयुक्त र आयुक्तको पदमा नियुक्त हुने व्यक्ति अन्य सरकारी पदमा बहाल रहन नपाउने व्यवस्थासमेत सो धारामा गरिएको छ ।















प्रतिक्रिया