
काठमाडौँ, २० पुस । उपप्रधानमन्त्री भीमबहादुर रावलले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको निरीक्षण गर्नुभएको छ ।
सो क्रममा रक्षामन्त्री रावलले कलेजको इन्सट्रक्सनल ब्लक तथा आवास इलाकाको निरीक्षणका साथै कलेजको वर्तमान गतिविधिबारे जानकारी लिई त्यहाँ तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधनसमेत गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया