१३ कार्तिक २०८३, शुक्रबार

विप्लव माओवादीको अर्काे आक्रमण, वनका रेञ्जरलाई पनि छाडेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplop– ललित केसी
अछाम, २० पुस । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा माओवादी अछामले वन रेञ्जरमाथि जनकारवाही गरेको छ ।

एक पछि अर्काे कारवाही गरिरहेको विप्लव माओवादीले सोमबार जिल्ला वन कार्यालय अन्र्तगत ईलाका वन कार्यालय ढकारी रेञ्जपोष्टमा कार्यरत रेञ्जर अब्दुल करिम मियालाई कालोमोसो दलेर जनकारवाही गरेको हो ।

रेञ्जर मियाले रेञ्पोष्ट अनर्तगतका बिभिन्न सामुदायिक वनहरुवाट घुस खाई रातारात सरुवाको चक्करमा लागेको भन्दै जनकारवाही गरिएको नेकपा माओवादीले जनाएको छ । रेञ्जरलाई कारवाही गर्न सम्वन्धित निकायलाई पटक पटक अनुरोध गर्दापनि कुनै कारवाही नभएकाले आफ्नो पार्टीको एक युवा दस्ताले कालोमोसो दल्नुका साथै जुत्ता चप्पलको माला लगाई जनकारवाही गरेको एक बिज्ञप्ति प्रकाशित गरी जाँनकारी दिएको छ ।

बिप्लव माओवादीले यसरी दिन दहाडै लुटमा संलग्न ब्यक्तिलाई तुरन्त कानुनी कारवाही गरी घुस खाएको पैसा असुली गर्न सम्वन्धित निकायलाई अनुरोध पनि गरेको छ । रेञ्जर अब्दुलले ढुंगाचाल्ला गाविसमा रहेको सरसती सामुदायिक वनका अध्यक्ष देवेन्द्र परियारवाट वन समुहको बिधान बनाईदिने भन्दै ३५ हजार घुस लिएको र बिधान पनि हालसम्म नदिएको माओवादीले जनाएको छ ।

यस्तै सामुदायिक वनका पदाधिकारीलाई पुर्जीबिनानै सालका रुखहरु चिरान गर्न दिएको र बेलाबेलामा स्थानियवाट पैसा खाँने काममा सक्रिय भएको भन्दै कालोमोसो दलिएको जनाईएको छ । कमाण्ड नम्वर २ अछामका ईञ्चार्ज सञ्जयद्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेकपा माओवादी आगामि दिनमा पनि जनबिरोधी, कालोबजारी, तस्करी, भ्रष्टाचारी र दलालहरु बिरुद्ध थप कारवाही गरी न्याय र स्वतन्त्रताका लागि दृढतापूर्वक लागिरहेको पनि भनिएको छ ।

यता जिल्ला वन कार्यालय अछामका सहायक वन अधिकृत भक्तराज गिरीले भने जिल्ला वन कार्यालयले यो कुरा थाहा पाईसकेपछि जानकारीका लागि वनका अध्यक्ष तथा रेञ्जरसंग छलफल चलाईरहेको अवस्थामा एक्कासी कालोमोसो दलिएको खवर पाएको बताए ।