
उदयपुर, २० पुस । जिल्ला र पार्टीको गरिमालाई उच्च राख्न सफल भएको भन्दै नेकपा एमाले २ नंम्बर निर्वाचन क्षेत्रीय कमिटी उदयपुरले सोमबार एक कार्यक्रमका विच सहरी विकास राज्य मन्त्री मन्जुकुमारी चौधरीलाई सम्मान गरेको छ ।
पार्टी कार्यालयमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी मन्त्री चौधरीलाई सम्मान गरिएको हो । सो अवसरमा क्षेत्र, जिल्ला, जनवर्गिय संगठन लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरुले मन्त्री रहँदा जिल्लाको समग्र विकासलाई ध्यान केन्द्रित गर्न आग्रह गरे ।
नेताहरुले महिलाको क्षेत्रमा जिल्लाको गौरवमय इतिहास राख्न सफल भएको भन्दै पदिय दायित्व वहनगर्दा आमजनता र कार्यकर्ताका भावनाको कदर गर्न आग्रह गरे । उनीहरुले एकपछि अर्को ठुलो जिम्वेवारी बढ्दै गएकाले निडर भएर जनताको हितमा हुने गरी जिम्वेवारी वहन गर्न सुझाबदिए ।
वहालवाला सांसद रहिरहेको अबश्थामा जिल्लामा धेरै विकास निर्माणका काम भएपनि कतिपय ठाउँका कामहरु अझै अधुरा रहेकाले त्यस्ता कामलाई प्राथामिकता दिएर अगाडी बढ्न उनीहरुले आग्रह गरे । उनीहरुले बिकास निर्माणमा भईरहेका ढिलासुस्ति सम्बन्धि नीतिगत व्यवस्थालाई परिमाजर्न गरी जनतालाई राहत पुग्ने गरी र देखिनेखालका काम गर्न आग्रह गरे ।
शुभकामना दिँदै स्थानीय नेताहरुले २०५१ सालमा एमाले नेतृत्वले गरेका कामकारवाही जस्तै गरी जनतालाई देखिने र प्रत्यक्ष लाभ हुने गरी गतिबिधि गर्न सुझाब दिए । नेताहरुले विकास निर्माणसँगै जनताका हकअधिकार सुरक्षित भएको संबिधान कार्यान्वनतहमा ध्यान दिनसमेत आग्रहगरे ।
त्यसक्रममा मन्त्री चौधरीले जनताका भावनालाई कहिले टुटन नदिने विश्वास व्यक्त गरिन् । उनले जनताको भावनाहरु एकैपटक समाधान नभएपनि क्रमश पुरा गर्दै जाने वताईन् । मन्त्री चौधरीले अझैपनि जिल्लाका कतिपय गाबिसहरुमा सडक संजाल विस्तार नभईरहेको अबश्थामा आफु पदमा रहँदा प्राथामिकताका साथ अगाडी बढाउने बताईन ।
उनले भनिन्, ‘हिजो सांसद हुँदापनि सडक संजाललाई प्राथामिकता दिएकै थिए, सकेसम्म सबै गाबिसमा जोडने प्रयास गरेको थिए, तर काम गर्ने दौरानमा केहि कामहरु अधुरा रहे जुन क्रमश पुरा गर्दै जान्छु ।’
उनले जिल्लाका कुनैपनि गाबिस अब सडक संजाल विस्तारबाट पछि नपर्ने विश्वास व्यक्त गरिन् । मन्त्री चौधरीले फरक प्रंशगमा भुकम्पले थिलथिलो भएका नेपाली जनतालाई भारतले नाकबन्दी गरेर अझ संकटमा पारेको बताईन । उनले भनिन्, ‘भारतले सहयोग गर्ने बेलामा असहयोग गरेर छिमेकी राष्ट्रपति वेईमानी गर्यो ।’
क्षेत्रीय कमिटीका अध्यक्ष गजेन्द्रबहादुर खड्काको अध्यक्षता र सदस्य भुवन दाहालको सञ्चालनमा भएको उक्त कार्यक्रमका एमाले जिल्ला अध्यक्ष इश्वरमणि राउत, अनेमसंघका केन्द्रिय सचिवालय सदस्य अम्बिका थापा लगायतले बोलेका थिए ।
कार्यालय प्रमुखहरुलाई निर्देशन
जनताका कामकारवाहीलाई सहज ढंगले अगाडी बढाउन सहरी विकास राज्य मन्त्री मन्जुकुमारी चौधरीले कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छिन् । राज्य मन्त्रीको जिम्मेवारी पाएको २४ घण्टा वित्न नपाउँदै गृहजिल्ला आईपुगेकी मन्त्री चौधरीले सोमबार जिल्ला बिकास समितिमा कार्यालय प्रमुखसँगको साक्षात्कारमा यस्तो निर्देशन दिएकी हुन ।
पछिल्लो समय देशको राजनीतिक परिस्थितिका कारण स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रसमेत विवादमा मुछिदै आएकाले आगामी दिनमा निष्पक्ष, पारदर्शि भएर काम गर्न आग्रह गरिन् । मन्त्री चौधरीले सक्रमणकालको वहानामा नियतबस जनतालाई दुःख दिने, एक दिने हुनेकाम लामोसमयसम्म पनि नगरिदिने, आफुअनुकुल काम गर्ने परम्पराको विकास भएकाले त्यस्ता गतिबिधिलाई रोकेर जनतालाई सहज हुने काम गर्न आग्रह गरिन् ।
उनले निजामती सेवालाई प्रभावकारी बनाउन स्थायी सरकारको नै प्रमुख भुमिका हुने भएकाले जनतालाई शिरमा राखेर काम गर्न निर्देशन दिईन । उनले नेतामुखि भन्दा पनि जनतामुखि भएर काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देश दिईन् ।
त्यसक्रममा कार्यालय प्रमुखहरुले आफ्ना समस्या, भईरहेका गतिबिधि, विकास निर्माणका कामकारवाहीका बारेमा मन्त्री चौधरीसमक्ष राखेका थिए ।












प्रतिक्रिया