काठमाडौं, २० पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक राजधानीमा बसिरहेको छ ।
बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा जारी बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय सदभावना पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादव लगायत सहभागी छन् ।
बैठकमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी भने सहभागी छैन् । विराटनगरस्थित जोगवनी नाकामा भएको घटनामा सरकारले माफी माग्नुपर्ने शर्त राख्दै सदभावनाले मोर्चाको बैठक बहिष्कार गरेको छ । यसअघि आइतबार साँझ बसेको सरकारसँगको वार्ता पनि अस्वीकार गरेको थियो ।
मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । यसअघि घोषणा गरिएको कार्यक्रम आइतबार सकिएका छन् । नयाँ कार्यक्रममा नाकाबन्दी फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी छ ।















प्रतिक्रिया