१३ कार्तिक २०८३, शुक्रबार

भूकम्प पीडितका ‘भगवान’ धुर्मुस-सुन्तली, थप ८१६ परिवारलाई ब्ल्याङ्केट (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhrmus-suntali (5)

सिन्धुपाल्चोक, २० पुस । धुर्मुस सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पीडितलाई न्यानो दिएका छन् ।

अत्यधिक चिसोका कारण भूकम्प पीडितको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् । धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिका(एनएसटी) ले सिङ्गो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो ।

चिसो बढेर भूकम्प पीडितको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २० लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको एनएसटीले जनाएको छ । भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जति सक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको सिताराम कट्टेल (धुर्मुस)ले बताए ।

Dhrmus-suntali (4)

सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानिसलाई भएपनि चिसोबाट बचाउन आफूहरुले सहयोगकालागि सक्दो पहल गरेको उनको भनाई छ । एउटा ठूलो विपद्बाट बाँचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुःखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको धुर्मुस सुन्तलीले सुनाए ।

यसअघि धुर्मुस सुन्तली आँफैले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । टहरामा बसिरहेका भूकम्प पीडितलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदान गर्न यस्तो पहल गरेको कुञ्जना घिमीरे (सुन्तली)ले बताइन् । दिनमा जाडोबाट जसोतसो बाँचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले बताएकी छिन् ।

Dhrmus-suntali (7)

एनएसटीका नेपाल संयोजक मधुसुुधन उपाध्यायले भूकम्प पीडितका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताए । धुर्मुस सुन्तलीले भूकम्पपछि विश्वासिलो र पारदर्शी काम गरेकाले उनीहरुमार्फत सिङ्गो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाई छ ।

आफुले मात्र धेरैलाई सहयोग गर्न नसकेपछि धुर्मुस सुन्तलीले सहयोगकालागि देश, विदेशमा रहेका नेपालीसँग पहल गरिरहेका छन् । प्राप्त सहयोगलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमापुगेर धुर्मुस सुन्तलीले आफ्नै हातले वितरण गर्ने गर्छन् ।

एक जोडी कलाकारले सिङ्गो गाविसबासीलाई नै न्यानो दिनु आफैँमा ठूलो कुरा भएको स्थानीय जीतबहादुर तामाङले बताए । चिसोका कारण निकै समस्या भइरहेको समयमा पनि सरकारबाट कुनै सहयोग नपाएको समयमा आफ्नो लागि धुर्मुस सुन्तली नै सरकार भएको अर्की स्थानीय पुतली मगरले खुशी बाँडिन् । रात कटाउन मुस्किल परिरहेको समयमा धुर्मुस सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानोसँग सुत्ने भन्दै बराम्चीबासीले खुशी व्यक्त गरे ।

Dhrmus-suntali (1) Dhrmus-suntali (2) Dhrmus-suntali (3)   Dhrmus-suntali (6)  Dhrmus-suntali (8) Dhrmus-suntali (9) Dhrmus-suntali (10) Dhrmus-suntali (11) Dhrmus-suntali (12) Dhrmus-suntali (13) Dhrmus-suntali (14)