१३ कार्तिक २०८३, शुक्रबार

बाउन्नकोटीको संरक्षण र प्रवर्द्धनमा सबैको जोड (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bauunakoti newws bv poush 20 (14)

भैरहवा, २० पुस । रुपन्देहीको बाउन्नकोटी सामुदायीक वनलाई पर्यटकीय केन्द्र बनाउन सरोकारवालाले जोड दिएका छन् ।

लुम्बिनी प्रेस क्लव भैरहवाले आयोजना गरेको बाउन्नकोटी बनको संरक्षण र प्रबद्र्धनमा सरोकारवालाको जोड विषय्क एकदिने गोष्ठीका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

दक्षिण एसिया मै उत्कृष्ट सामुदायिक वनको दर्जामा उक्लिरहेको बाउन्नकोटी जंगलको पर्यटन पर्वद्धनका बिषयमा गरिएको छलफल तथा अन्तरक्रियामा सरोकारवाला निकायहरुले उक्त बनलाई व्यवस्थीत बनाउनुपर्ने बताएका थिए ।

bauunakoti newws bv poush 20 (1)

कार्यक्रममा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष मनोरन्जन शर्माले पेश गरेको कार्यपत्रमाथी बूदागत रुपमा छलफल भएको थियो । छलफलमा सहभागी हुदैं जिल्ला बन कार्यलय रुपन्देहीका प्रमुख डिएफओ इन्द्र पछाईले बनलाई वैज्ञानिक प्रणाली अनुसार व्यवस्थीत गर्नुपर्नेमा जोड दिए । वन प्रमुख पछाईले बाउन्नकोटी वनमा उपभोक्क्ता समितिले चालेका र सोचेका सबै कदममा सहयोग गर्न सक्ने भन्दै सबैले वनको विकास र विस्तारमा लाग्न अनुरोध गरे ।

उक्त अवसरमा सिद्धार्थनगर पालिका रुपन्देहीका कार्यकारी अधिकृत विष्णु प्रसाद गौतमले शहरी विकासको योजना अनुसार नयां र नमूना शहरको रुपमा विकास गर्दै बाउन्नकोटीलाई जोडिदैं जाने नपाको सोंच भएको जनाए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले सञ्चारक्षेत्रबाट समाज र सरोकार निकायको विषय उठान गर्नु सकारात्मक भएको भन्दै वाउन्नकोटी बन नमुना बनको रुपमा विकास गर्नमा पनि निरन्तरताको रुपमा लाग्न अनुरोध गरिन् ।

bauunakoti newws bv poush 20 (5)

लुम्बिनी प्रेस क्लवका अध्यक्ष तथा कान्तिपुर दैनिकका उपसम्पादक माधव ढुङगानाले चिल्हीया, मधवलिया, पडसरी र टिकुलीगढ गाविसमा फैलिएको उक्त जंगलको बिकासमा प्रेस क्लवले सदैव कलम चलाइरहने भन्दै यसको बिकास र बिस्तारमा यो अन्तरक्रिया गरिएको बताएका थिए । बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोलाप्रसाद यादवले पत्रकारहरुले बनको बिकासको लागि गरिएको अन्तरक्रियाले यसक्षेत्रमा रहेका स्थानिय बासिन्दालाई उत्साहित बनाएको बताए ।

बन उपभोक्ता समिति उपाध्यक्ष चुमकला बस्यालले ऐतिहासिक महत्व बोकेको बनको संरक्षण र प्रबद्र्धनमा जोड दिइन् । प्रेस क्लवका सल्लाहकार चेतन पन्तले बाउन्नकोटी सामुदायिक बनले यस क्षेत्रको जंगल सफारी र बन्यजयन्तु आरक्षणमा मुख्य टेवा दिने जनाए । उक्त अवसरमा सिद्धार्थ बस व्यावसायी समिति रुपन्देहीका अध्यक्ष सुर्य कुमार सारु मगरले बाउन्नकोटी सामुदायीक बनमा आवश्यक्ता अनुसार यातयातको रुट मिलाएर सेवा दिन आफुहरु तयार भएको जनाए । वरिष्ठ पत्रकार दिलिप भट्टराईले सन्चार क्षेत्रले स्थानिय महत्वलाइ ध्यान दिदैं बाउन्नकोटीको संरक्षण र प्रबद्र्धनमा लागेकोमा खुसी व्यक्त गरे ।

स्थानीय शान्ति समिति रुपन्देहीकी अध्यक्ष ज्ञानु पौडेलले बन जंगलले मानिसमा शान्ति र दीर्घ जीवनकोलागी टेवा दिने हुदां बाउन्नकोटीको संरक्षण र प्रबद्र्धनमा सबै एक भएर लाग्नुपर्ने बताइन् । सामुहिक बिद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेलले विद्यार्थिहरुको व्यवहारीक ज्ञानकोलागी पनि प्राकृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने जनाए ।

कार्यक्रममा निमित्त स्थानिय बिकास अधिकारी उपेन्द्र ज्ञवाली, सामुदायिक बनका पदाधिकारी, एनपी ग्रुपका हेमन्त अग्रवाल, गोयन्का ग्रुपका गोपाल गोयन्का, नेपाल पत्रकार महासंघ रुपन्देही सभापति शेरबहादुर के.सी, लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुर के.सी., नेपाली सेनाका सहायक रथी कविन्द्र लिम्बु, कर्णेल सिताराम रिजाल, शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यलय रुपन्देही प्रमुख एसपी गणेश संग्रौला, जिप्रकाका डिएसपी रामेश्वर कार्की, सिनपाका वरिष्ठ अधिकृत गणेश क्षेत्री, सम्पादक समाज नेपालका उपाध्यक्ष नारायण सापकोटा, म्यानेजर्स ग्रुपका पदाधिकारी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

क्लबका महासचिव नरेश के.सी.को सन्चालन, कार्यक्रम संयोजक सम्झना शर्माको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा उद्योगी व्यवसायी, समाजसेवी, नागरिक समाजका अगुवा, विभिन्न कार्यलयका प्रमुख तथा सन्चारकर्मिहरुको सक्रिय सहभागीता रहेको क्लबको सचिव शारदा मल्लले जनाईन् । कार्यक्रममा पडसरी गाविसका सचिव अच्युत भट्टराई र पत्रकार तथा क्लबका सदस्य राधेश्याम विश्वकर्माले टिप्पणी उठाएका थिए ।