कपिलवस्तु, २० पुस । महिलाको बलात्कार प्रयास गर्ने एक पुरुष रंगेहात समातिएका छन् । उनलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।
जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा शिबराज नगरपालिका–११ बस्ने ४७ बर्षीय राम बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
दमाईले आइतबार पत्थरदेहिया–९ विजयनगर बस्ने मानसिक सन्तुलन ठिक नभएकी ५७ बर्षीया महिलालाई घरमा कोही नभएको मौका पारी जवरजस्ती करणीको प्रयास गर्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले रंगेहात नियन्त्रणमा लिएर प्रहरी चौकी पत्थरदेहियामा जानकारी दिएका थिए ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया