१ कार्तिक २०८३, शनिबार

हलिउड फिल्म प्रदर्शन हुने अमेरिकी हलमा ‘कबड्डी कबड्डी’ लाग्यो (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabaddi-kabaddi

सिकागो । सधै हलिउड र बलिउडका फिल्म प्रदर्शन हुने सिकागोको मुभी हलमा आइतबार नेपाली फिल्म ‘कबड्डी कबड्डी’को भब्य प्रदर्शन भयो ।

सिकागोको नजिकै नाइल्स्मा रहेको बिग सिनेमा हलमा दर्शकहरुको व्यापक उपस्थितिमा एकै पटक फिल्मको २ शो प्रदर्शन गरिएको थियो ।

धेरै समय पश्चात सिकागोमा रहेका नेपालीहरुले नेपाली फिल्ममा कबड्डी कबड्डी हेर्न पाएकोमा धेरै खुशी व्यक्त गरे । हिन्दी फिल्म समेत हेर्न रुचि लागेर बेला बेलामा हलसम्म पुग्ने गरेका नेपालीहरु यसपटक टिपिकल नेपाली कथाबस्तु रहेको नेपाली भाषाको र नेपालमा छायांकन भएको फिल्म अमेरिकाको अंग्रेजी फिल्म लाग्ने हलमा देख्न र देखाउन सकेकोमा गर्ब महशुश गरे । सधै काम काम को मात्र कुरा गर्नेहरु आइतबार बिदाको दिन नेपाली फिल्मको स्तर, प्रबिधि, र, भविष्यको बारेमा चर्चा गरिरहेका भेटिन्थे ।

नेपालमा भर्खर प्रदर्शनमा आएको उक्त फिल्मलाई अमेरिकामा पहिलो पटक ल्याएकोमा सिकागोमा यसरी पहिलो प्रदर्शन गरिएको हो ।

सिकागोमा रहेको नेपालीहरुको संस्था सिकागोल्याण्ड नेपाली मैत्री समाजको आयोजनामा सम्पन भएको उक्त फिल्म प्रदर्शन गर्न संस्थाले उपसभापति गणेश थापाको संयोजकत्वमा गोपाल कडेल, काशी शिंह, जितेन्द्र राना, इश्वरी बगाले, खेम पाठक, टेकराज पौडेल, टेक केसी, रमाकान्त खरेल, दल श्रेष्ठ, थानेश्वर पाठक, भोजराज पाठक, कृष्ण पाठक, बिक्रम थापा र सुरज घिमिरे रहेको टिकट वितरण तथा ब्यबस्थापन समिति बनार्इ कार्यक्रम अगाडी बढाएको थियो ।

कर्यक्रममा व्यापक नेपाली समुदायको उपस्थिति देखिदा आयोजक त खुशी देखिने नै भए हल मालिक समेत यति बाक्लो नेपाली समाज सिकागोमा हो रहेछ भन्दै अन्य नेपाली फिल्म पनि देखाउन आफू तयार भएको र यसको वितरण के कसरी हुन्छ, नेपाली फिल्म मेकर्षहरुसंग सम्पर्क गरिदिन अनुरोध गरे ।

हेर्नुस् भिडियोः