१ कार्तिक २०८३, शनिबार

राजकुमारका कारण अभिनेत्री बसुन्धरा तनावमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basundhara-bhusal

काठमाडौं । भनौं, कसैलाई भन्न भएको छैन् । नभनौं, त्यही कारण अहिले उनी तनावमा छिन् । यो पीडा हो नेपाली सिने क्षेत्रकी हास्यसम्राज्ञी बसुन्धरा भुषालको ।

सिने क्षेत्रमा ‘नक्कली’को भूमिका निर्वाह गरी चर्चामा आएकी भुषाल अहिले निर्माताहरुको छाता संगठन निर्माता संघ उनको लागि टाउको दुखाईको विषय बन्न पुगेको छ ।

नक्सालस्थित उनकै घरमा छ निर्माता संघको कार्यालय । सो कार्यालयको मासिक भाडा २७ हजार तोकिएको छ । सात महिना भयो संघले भाडा नतिरेको । ‘निस्केर जा भनौ, झण्डै दुई लाखको हिसाब लिन वाँकी छ, राखौं यो पैसा कहिलेसम्ममा उठ्ने हो केही अत्तो पत्तो छैन ।’

संघका अध्यक्ष छन् राजकुमार राई । पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालको ‘चाकरी’ गरी आठ कक्षा भन्दा बढी औपचारिक अध्ययन नभएका राईलाई टपक्क टिपेर निर्माता संघको अध्यक्ष बनाइयो । उनलाई अध्यक्ष बनाएसँगै कांग्रेसी चलचित्रकर्मीहरुले समेत पार्टीमा असहमति जनाए । तर पैसाका लागि जे गर्न पनि तयार हुने मिनेन्द्रका लागि यस्ता विषय झिना मसिना भए ।

एकातिर निर्माता संघको कोषमा रहेको १८ लाख गायव, अर्काेतिर तीन वर्ष अगाडि सदस्यतामार्फत उठाइएको सात लाखको हिसाब गोलमाल पारेका राजकुमार राईले झण्डै एक लाख उन्नानअसी हजार कार्यालयको भाडा तिर्न चासो नदेखाई निर्माता संघको अस्तित्व नै माटोमा मिलाउने भएसँगै रेजिना उप्रेती, रेखा थापा, पूजना स्त्री, सुनिल रावल, अर्जुन श्रेष्ठ, निश्चल वस्नेत सहितका ४० भन्दा बढी निर्माता राजकुमार राईको विरुद्धमा उत्रिएका छन ।

यता राईको गतिविधी प्रति असन्तृष्ठी जनाउदै निर्माता संघका उपाध्यक्ष, महासचिव सहितका पदाधिकारीले सामुहिक राजीनामा दिने तरखर गरिरहेका छन् ।