१३ कार्तिक २०८३, शुक्रबार

नक्कली मदिरा बनाउने तीनजना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madiraलहान, २० पुस । नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा लहानबाट पक्राउ गरिएका तीन जनालाई आवश्यक कारबाहीका लागि राजस्व विभागमा पठाएको छ ।

इलाका प्रहरी कार्यालय लहानको टोलीले नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहाको बल्ही– ७ निवासी रामगणेश यादव, खरुकियाही– ४ निवासी उमेश शर्मा र लहान नगरपालिका– १२ निवासी बचन साहलाई हिजो साँझ पक्राउ गरेको हो ।

उनीहरूले नक्कली केमिकल हालेर रुसलान भोड्का, रोयल स्टाग, सिग्नेचरलगायतको खाली बोतलमा नक्कली रक्सी प्याक गरी आन्तरिक राजस्व कार्यालयको स्टिकरसमेत टांँसेर बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व विभाग पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

उनीहरुबाट विभिन्न नक्कली ब्रान्डमा भरिएको मदिरा ७१ बोत्तल, मदिराका खाली बोत्तल ३०० थानगरी ३७१ थान मदिराका बोतल, विभिन्न ब्रान्डका मदिराको ५० थान स्टिकर, विभिन्न ब्रान्डका मदिराको २०० थान बिर्को बरामद गरिएको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।

पक्राउ परेकाले महिनौँदेखि लहान– ५ स्थित एक घरमा कोठा भाडा लिएर नक्कली मदिरा बनाउने कार्य गर्दैआएको प्रहरीले बताएको छ ।