३१ आश्विन २०८३, शनिबार

हुम्लामा विद्युत् उत्पादन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-हुम्ला, १९ पुस । जिल्लाको दक्षिणी भेगमा पर्ने कालिका गाविसमा निर्मित ‘कुकुरफाल्ना साना जलविद्युत् आयोजना’ले विद्युत् उत्पादन सुरु गरेको छ ।

रु पाँच करोडको लागतमा निर्मित ११० किलोवाट क्षमताको सो आयोजनाका लागि ऊर्जा प्रवद्र्धन केन्द्रले रु एक करोड ९० लाख, ग्रामीण परियोजनाले रु ७२ लाख, गरिबी निवारण कोषले रु ३३ लाख, कालिका गाविस तथा जिविसले रु १७/१७ लाख, उच्च पहाडी गरिबी निवारण अयोजनाले रु १० लाख र श्रीनगर गाविसले रु एक लाख आर्थिक सहयोग गरेको थियो ।

उक्त आयोजना सम्पन्न भए पछि कालिका गाविसका नौवटै वडा र श्रीनगर गाविसका वडा नं २ र ६ का गरी कुल ६०० घरधुरीले बत्ती बालेको उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर शाहीले जानकारी दिनुभयो । रासस