३१ आश्विन २०८३, शनिबार

देशका ५३ ठाउँमा मेगा बैंकका शाखारहित सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Logoकाठमाडौं, १९ पुस । मेगा बैंक नेपाल लिमिटेडले देशका ५३ वटा ठाउँमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

उपत्यका बाहिरका १८ वटा जिल्लाका ५३ वटा गाउँमा मेगा बैंकको शाखारहित सेवा विस्तार भएको हो । कैलालीको घैलाबौनियामा पछिल्लोपटक यसैसाता मेगाले शाखारहित सेवा विस्तार गरेको छ ।

मेगा बैंकले चारबर्ष अघि नेपालमै पहिलोपटक शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो । आगामी दुईबर्षभित्र शाखारहित थप २३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य रहेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आगामी दुईबर्षभित्र मेगा बैंकका शाखारहित सेवाको संख्या ७६ वटा पुग्नेछ । बैकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ शाखारहित सेवा सुरु भएको थियो । सिइओ शाहका अनुसार, शाखारहित सेवामा ग्रामीण भेगका जनताको अत्याधिक सहभागिता रहने गरेको छ ।

शाखारहित बैंकिङ सेवामा ग्राहकले खाता खोल्न, रकम बचत गर्न तथा ऋण लिन, खाताको मौज्दातबारे जानकारी लगायतका सुविधा पाउँछन् ।