६ कार्तिक २०८३, शुक्रबार

अन्ततः ऋण दिएर महिलाको यौनशोषण गर्ने कृषि बैंकका हाकिमसहित चार कर्मचारी पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thaneshwar-Panthi-1-1काठमाडौं । बैंकका ग्राहक एवं ऋणी महिलालाई वर्षौंदेखि यौनशोषण गरेको आरोपमा कृषि विकास बैंकका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंककी ऋणी टीकामाया गोलेलाई करिब तीन वर्षदेखि जबरजस्ती करणी तथा यौन शोषण गरेको आरोपमा बैंकको पुतलीसडक शाखाका प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख एवं हाल कृषि विकास बैंक केन्द्रीय कार्यालयमा कार्यरत थानेश्वर पन्थी, अधिकृत रमेशकुमार भट्टराई र बैंकका सवारीचालक भाइचा महर्जनलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।आर्थिक दैनिकमा समाचार छ ।