
काठमाडौं, १९ पुस । संविधान संशोधनको प्रस्तावमाथि सैद्धान्तिक छलफल हुँदै आएको संसदको बैठकमा सो प्रस्तावमा आज पनि छलफल यथावत रहने भएको छ ।
बिहान ११ बजेपछि नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनसम्बन्धी दुई विधेयकमाथि छलफल हुने संसद सचिवालयको कार्यसूचीमा उल्लेख छ ।
सहमतिमा सो प्रस्तावलाई अगाडि बढाउने भनिए पनि मधेसी मोर्चा र प्रमुख राजनीतिक दलहरूका बीच कुरा मिल्न नसक्दा सदनमा संविधान संशोधनको प्रस्तावमा अन्यौलता छाएको छ ।
जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण एवम् राज्यका हरेक अंगामा समानुपातिक र समावेशी प्रतिनिधित्वसम्बन्धी दुई प्रस्ताव सरकारले सदनमा पेश गरिसकेको छ । सो प्रस्तावमा मधेसी मोर्चाले असन्तुष्टि जनाउँदै नारावाजी र घेरा उगर्दै आएको छ ।















प्रतिक्रिया