६ कार्तिक २०८३, शुक्रबार

खाडी मुलुकमा राजनीति नगर्न कामदारलाई चेतावनी, केहीको रोजगारी खतरामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadi Muluk Rojgariकाठमाडौं, १९ पुस । खाडी मुलुकमा समेत गएर ‘राजनीतिक गतिविधि’ गर्न थालेपछि त्यहाँ कार्यरत नेपालीहरूको रोजगारी गुम्ने खतरा बढेको छ ।

विभिन्न बहानामा संगठित हुने र आफू निकट दललाई सघाउन लेबी उठाउनेजस्ता कार्य गरेपछि त्यहाँको सरकारको आँखामा नेपालीहरू परेका हुन् ।

हरेक राजनीतिक दलले कतार, साउदी अरब, कुवेत, ओमान, बहराइनलगायत देशमा गोप्य रूपमा संगठन विस्तार गर्दै आएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

रोजगारीमा गएकाबाट रकम उठाउने र त्यहाँ नेताहरू गएर भाषण गर्ने गरेकामा ती मुलुकले अनौपचारिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

यस्ता गतिविधि आफ्नो देशमा पाएपछि उनीहरूले ध्यानाकर्षण गराएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । खाडीमा १० लाखभन्दा बढी नेपाली कार्यरत छन् ।

‘नेपालीहरू कुनै न कुनै राजनीतिक दलसँग नजिक रहने र आफ्नो दललाई सहयोग गर्न वा आफू निकट नेतालाई घुमाउन भए पनि संगठित भएर पैसा उठाउँछन् ।