काठमाडौं, १८ पुस । विगतमा विभिन्न कारणले मिडियामा छाइरहने जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान फेरि चर्चामा छन्, साइकल चढेर र बाँडेर ।
यसैसाता उनले प्रधानमन्त्री केपी ओली र दुई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र सुशील कोइरालालाई पनि साइकल बाँडे, एकाबिहानै उनीहरुकै निवास पुगेर । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
एकैछिन भएपनि तीनै नेताले पासवानले दिएको एभरेस्ट ब्रान्डको साइकल चढे र आन्नद लिए ।
अबचाँहि उनीहरुले कहिले साइकल चढ्ने हुन् स्वयं पासवानलाई थाहा छैन । ‘उत्सुक भएर तीनै जना आँगनमै भए पनि चढ्नु भयो, पासवानले भने,‘मलाई विश्वास छ, उहाँहरुले चढ्नु हुनेछ।’
उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरु शेरवहादुर देउवा र लोकेन्द्रवहादुर चन्द लगायत पूर्व तथा वर्तमान उच्च ओहदाका व्यक्तिलाई साइकल बाँड्ने योजना पासवानको छ ।
दिनहुँ जसो साइकल बाँड्दै हिडे पनि मन्त्रालयकै अधिकारीचाहिँ मन्त्रीको साइकल अभियानप्रति अन्तुष्ट छन् ।
मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाका अनुसार मन्त्रीको निर्देशनपछि स्टोर शाखाका हरिदत्त भट्टले पहिलो चरणमा १० वटा साइकल किनेका हुन्, त्यो पनि उधारोमा ।















प्रतिक्रिया