६ कार्तिक २०८३, शुक्रबार

अख्तियारले डामेका एआईजी कायस्थ एकाबिहानै श्रीमानको दैलोमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dig-bijaylal-kayasthaकाठमाडौं । सुडान घोटाला प्रकरणमा मुछिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थ अख्तियारको ठूला माछाको सूचीमा रहेका छन् । उनले सुडान घोटाला सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको छ ।

उनको मुद्दा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको बेन्चमा मुद्दा हेर्दा हेर्दैको अवस्थामा रहेको छ । तर मुद्दाको वादी र प्रतिवादीबीच भेटघाट गर्न नपाइने कानूनी आचारसंहितालाई लत्याउँदै कायस्थले प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेटेका छन् ।

सरकार वादी भएको मुद्दाका आरोपी कायस्थलाई प्रधानन्यायाधीश श्रेष्ठले भेटघाट गरेको बुझिएको छ । गत शनिबार बिहान ८.३० बजे ढाका टोपी लगाएर प्रधानन्यायाधीश निवास बालुवाटार छिरेका कायस्थले एक घण्टा बढी छलफल गरेका थिए ।

उनले आफ्नो मुद्दा तत्काल सार्थक ढंगले टुङ्ग्याइदिन आग्रह गरेका थिए । हेर्दा हेर्दैको बेन्चमा रहेको मुद्दाका आरोपीसँग प्रधानन्यायाधीश श्रेष्ठले के कुरा गरे भन्ने चासोको विषय बनेको छ । जनआह्वान साप्ताहिकमा समाचार छ ।