
काठमाडौं, १६ पुस । विहीबार विहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको फोनवार्ताको पहल नेपालबाटै भएको खुलेको छ ।
फोनवार्तापछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले टेलिफोन गरी मोदीलाई पछिल्लो अवस्थाबारे ‘विफ्रिङ’ गरेको जनाएको छ ।
‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेर नेपालको राजनीतिक अवस्था र प्रगतिबारे ‘ब्रिफ’ गर्नुभयो ।’ मोदीले नेपालमा भइरहेको राजनीतिक समस्याको सहमतिका आधारमा दिगो समाधान निकाल्ने कुरामा जोड दिएको विदेश मन्त्रालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीको सचिवालयले फोन मोदीले गरेको भनेर सूचना सार्वजनिक गरेको थियो ।















प्रतिक्रिया